स्वार्थि समाज र कुर नेपालि राजनीतिकका अगुवाले अब सिक्नु पर्छ अरुको पीडामा रुने शिशिर भण्डारी बाट । फेरी किन पुगे स्टुडियोमा कृष्ण भण्डारी ? सबैले शेयर गरौं (भिडियो हेर्नुस)

  • प्रकाशित मिति: बिहिबार, माघ २४ २०७५
  • तामाकोशी

काठमाडौं- पछिल्लो समय सामाजिक काममा निरन्तर लागिरहेका कलाकार तथा भिजे शिशिर भण्डारीले आफ्नो नयाँ गीतको म्युजिक भिडियो चाँडै नै लिएर आउने भएका छन् । व्यस्तताको समयमा पनि दर्शकहरुका लागि केहि फरक स्वाद पस्कन शिशिर भण्डारीले भर्खरै नयाँ गीत हाम्रो माया जिन्दावाद रेकर्ड गरे । गीतमा शिशिरसँगै पहिलो नम्बरमा, पर्ख पर्ख मायालु लगायतका गीतमा आवाज दिएकी गायिका बिन्दु परियारको आवाज रहेको छ ।

कृष्ण वलिको अभियान चलाएर २ करोड माथि सँकलन गर्दै उपचारका लागि उनलाई सो रकम बुझाईसकेका शिशिरले त्यसपछि हरिकाजी ढुँगाना हुँदै मेघा घिमिरेसम्मलाई सहयोग गरेका छन् । हरेक पटक दुखी र पिडितको समस्या देख्दा उनी रोएका छन् । उनको नयाँ गीतको शव्दमा माया र राजनीतिलाई मज्जाले मिलाएर गाँसिएको छ । गीतको शव्द शिशिर भण्डारीले नै लेखेका हुन् भने सँगीत दिपक सिलवालको रहेको छ । चर्चित एरेन्जर साहस शाक्यले एरेन्ज गरेको गीतमा यतिबेलाका भाईरल जुम्ल्याहा दिदी बहनी प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडासँगै शिशिरकै अभिनय रहने छ।



गीतको म्युजिक भिडियो चाँडै नै शिशिरकै युटुब च्यानल नयाँ नयाँ न्युज नेपालबाट बाहिरि आउँदैछ । महँगो खर्चमा बन्ने गीतलाई दर्शकले मन पराउनेमा शिशिर आशावादी छन् । प्रज्ञा डिजिटलमा गीत रेकर्ड गराउँदा बिन्दुसँगै शिशिर यसरी नाचे ।
ताजा खबरले तयार पारेको भिडियो रिप्रोट हेर्नुहोस :