काठमाडौं-नेपालि सांगीतिक फाटमा यतिबेला नयाँ गीतसंगीतको दौड चलेको छ । युवा गायक गणेश साउद जिसीले आफ्नै संगीतमा गित बासमती बजारमा ल्याएका छन् । गीतमा पश्मेली ठेट शब्दलाई गीतमा उतारेका छन् । गीतमा प्रेम भावमा बगेका शब्दले भरिएको छ भने भिडियो हेर्दा डर लाग्दो छ ।
बसिबियालो म्युजिक प्रा.लिको प्रस्तुति गायक गणेश साउद जिसीको ‘बास्मती’ डेउडा गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । मौलिक डेउडा सृजनामा पछिल्लो समय आफ्नो छुट्टै पहिचान बनाइसकेका युवा उदयमान गायक गायक गणेश साउद जिसीको सुमधुर आवाज रहेको छ । केहि गीतमा स्वर भरि सकेका गायक यतिबेला दिन प्रतिदिन चर्चाको सिखरमा चुलिदैछन ।
गायक गणेश जिसीको स्वर तथा संगीत रहेको बास्मतीमा जिसी र टेक बिष्टको शब्द सृजना रहेको छ । बिक्रम चौहानको निर्देशनमा रहेको उक्त्त भिडियोको छायांकन प्रकाश खडकाले गरेका छन् भने सम्पादन मिलन बिकले गरेका छन् ।काठमाडौँ लगायतको बिभिन्न स्थानमा सुटिङ गरिएको सो म्युजिक भिडियोमा जगत तिरुवा, टिका जैशी र गायक गणेश जिसीको दमदार अभिनय रहेको छ ।