काठमाडौं :विभिन्न तहतप्का संगीत कर्मी,साहित्यका सर्जक,राजनीतिक व्यक्तित्व,पत्रकार तथा हजारौ दर्शकको उपस्थितिमा ‘एपिक नेपाल म्युजिक अवार्ड २०७५’ कार्यक्रम गएको शुक्रबार काठमाडौंको ठमेलमा रहेको छाया सेन्टरमा समपन्न भएको छ । यस म्युजिकल अवार्डमा ६६ विधामा अवार्ड वितरण गरिएको आयोजकले जनाएको छ । अवार्ड समारोहमा लोक गीत, आधुनिक, पप रलोक पप ,तामाङ सेलो ,मेंदोमाया ,काठे भाका, डेउडा गीत, पुर्बेली भाका र दशैँ तिहार विधामा कलाकारहरु संगीत क्षेत्रका बिभिन्न विधाका सम्मानित भएका छन ।
एपिक नेपाल म्युजिक अवार्ड-२०७५ पछिल्लो समयका युवा जनमासमा भिजेका चर्चित संगीत संयोजक केशब बडुले हात पारेका छन् ।

सर्वोउत्कृष्ट संगीत संयोजन विधामा केशब बडुले “तेरी बुडी आई मीठो मीठो खाई”गीतबाट अवार्ड जितेका हुन् । पशुपति शर्माको शब्द तथा लय भित्र रहेको पशुपति शर्मा र लक्ष्मी बानियाको सुमधुर स्वरमा सजिएको यो गीतको संगीत संयोजन गर्ने मौका पाएका थिए केशव बडुले । अवार्ड ग्रहणपछि बडुले आफ्नो गृह जिल्ला नेपालगन्ज जानु भन्दा पहिले आफ्नो सामाजिक संजाल फेसबुकमा लेखेका छन् – “आयोजक टिम लगायत “तेरी बुडी आई मीठो मीठो खाई”गीतसंग सम्बन्धित सम्पूर्ण टिमलाई आभार प्रकट गर्दै समर्थक तथा शुभचिन्तकप्रति अवार्ड हात परि सके पछी सवै दर्शक स्रोर्ता र भोटिंग गरेर जिताउनु हुने सवैलाई धेरै-धेर धन्यवाद यो अवार्डले थप जिम्मेवारी थपिएको महसुस गरेको छु । ”

पछिल्लो समय सांगितिक क्षेत्रमा संगीत संयोजनको पाटोलाई थप उचाईमा पुर्र्याई निकै नै चर्चा बटुलिरहेका छन् । कार्यक्रममा आयोजकले अवार्डसँगै बडुलाई सम्मान गरिएको थियो ।
हेर्नुहोस भिडियो: