सुदूरपश्चिममा अभिनयमा चम्किदै झरना बोहोरा “का छै लालपरेवा”गीतको भिडियो सार्वजनिक भए लगतै रातारात चर्चा

  • प्रकाशित मिति: बिहिबार, पुष २६ २०७५
  • तामाकोशी

काठमाडौं-नेपालि लोक डेउडा सस्कृतिको जग्रेना हाम्रो पहिचान सहित मध्या तथा सुदूरपश्चिमको मौलिक भाव बोकेको भर्खरै मात्र नेपालि लोक डेउडा बजारमा खप्तड डिजिटल म्युजिक प्रा.लिको प्रस्तुतिमा फेरी एक अर्को मौलिक डेउडा गित गायक डम्बर नाथ अविरलको प्रस्तुतिमा “का छै लालपरेवा”डेउडा गीतको म्युजिक नेपालकको युटुब च्यानलबाट सार्वजनिक भएको छ ।

पछिल्लो समय डेउडा गीतको शब्द संगीतमा एकक्षत्र राजा गरेका चर्चित सर्जक राजेन्द्र शाह बि.पिको शब्द सृजना तथा उत्कृष्ट लय रहेको छ । देउडा गीतको जग्रेनासंगै युवा गायक डम्बर नाथ अविरल र स्मृति शाहीको सुमधुर आवाज रहेको छ ।
भिम थापाको निर्देशनमा रहेको गीतको छायांकन हरिश महराले गरेका छन् भने प्रविन रश्मि मगरले सम्पादन गरेको उक्त्त गीतमा निकेंद्र बुदा र पछिल्लो युवा पुस्ताकी मोडलिङ क्षेत्रमा छोटो समयमा नै चर्चाको शिखरमा पुगेकी झरना बोहोराको उत्कृष्ट अभिनय रहेको छ । झरना बोहोरा यतिबेला पढाईसंगै अभिनयमा पनि उत्तिकै चलेको नाम हो । दर्जनौ भन्दा बढी गीतमा अभिनय गरिसकेकी बोहाराका अझै बजारमा म्युजिक भिडियो आउने तयारीमा रहेका छन् । हामीलाई आशा छ विगतका सिर्जना जस्तै यो गीतलाई पनि सबैले माया गरिदिनेमा हामि ढुक्क छौ ।
गीतको पुरै म्युजिक यस्तो छ: