सुटुक्क उडे अमेरिका युवास्टार अनमोल केसी – फिल्म छोडेँ मैले अब प्रदीप र पलले गरे हुन्छ

  • प्रकाशित मिति: बुधबार, पुष २५ २०७५
  • तामाकोशी

काठमाडौं । युवास्टार अनमोल केसी अमेरिका प्रस्थान गरेकाछन् । नेपालमा ‘ब्याचलर बन्टी’ चलचित्र छाडेको चर्चा सेलाउन नपाउँदै उनी मंगलबार राती २ बजेको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट अमेरिका उडेका हुन् । उनी आफ्नो आउँदो चलचित्र ‘ए मेरो हजुर ३’को एक गीतको सुटिङका लागी अमेरिका लागेका ह्ुन् ।

अनमोलले ‘ब्याचलर बन्टी’ चलचित्रको बिषयमा बोल्दै एअरपोर्ट मै भने ‘हो मैले अहिले चलचित्र गर्दिन भनेको हो ।’ साथै उनलाई सञ्चारकर्मिहरुले तपाईको ठाउँमा कसले गर्दा हुन्छ त कुनै सल्लाह भन्दा अहिले बजारमा चलेका प्रदीप, पल, सलिनमान जसले गर्दानि हुन्छ भन्दै उत्तर दिए । साथै उनले नायिका सारा सिर्पालीसँगको प्रेम चर्चा मात्र चर्चामै सिमित रहेको बताए । थप कुराकानी तलको भिडियोमा हेर्न सक्नुहुनेछ ।