गायिका बसन्ती सुनुवार र लोकप्रिय गायक राजेश कुमार नेपालीको स्वरमा सजिएको नयाँ गीत ‘गैरि खेतैमा’ सार्वजनिक गरिएको छ।
गीतका शब्द बसन्ती सुनुवारले लेखेकी हुन् भने संगीत राजेश कुमार नेपालीको रहेको छ। गीतको एरेञ्ज, मिक्सिङ तथा मास्टरिङ हेमन्त शिशिरले गरेका छन्।
गीतको भिडियोमा कलाकार श्याम सुनार र रेणुका आले मगरको अभिनय देख्न सकिन्छ। भिडियोको मेकअप अनिशा नानुले गरेकी छन्।
बसन्ती सुनुवारले प्रस्तुत गरेको यो गीत YouTube च्यानल ‘Basanti Sunuwar’ मार्फत सार्वजनिक गरिएको हो। लोक–आधुनिक स्वादमा तयार गरिएको ‘गैरि खेतैमा’ ले दर्शक तथा श्रोताको मन जित्ने अपेक्षा गरिएको छ।