काठमाडौं । नयाँ नेपाली लोक गीत “पानको पातमा चुना मसाला” सार्वजनिक गरिएको छ। लोक–आधुनिक स्वाद बोकेको यस गीतमा गायक गोविन्द कार्की र प्रतिमा आर्यालको सुमधुर स्वर सुन्न सकिन्छ।
गीतको शब्द तथा संगीत सागर भण्डारी (दिनेश) ले तयार गरेका हुन् भने यसको एरेञ्ज विष्णु तामाङले गरेका छन्। गीतलाई आकर्षक भिडियोमार्फत प्रस्तुत गरिएको छ, जसको निर्देशन सुमन्त बानियाले गरेका हुन्। भिडियोमा गोविन्द कार्की, अमृता घले गुरुङ, दिपेन्द्र सोनाम र विपना श्रेष्ठको अभिनय देख्न सकिन्छ। कलाकारहरूको जीवन्त अभिनय र गीतको लयले दर्शक–श्रोताको ध्यान खिच्ने अपेक्षा गरिएको छ।
गीतको म्युजिक भिडियो अमृता घलेको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। सार्वजनिक भएसँगै गीतले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। गीतले नेपाली सांगीतिक क्षेत्रमा फरक स्वाद थप्ने विश्वास गरेको छ।