बिक्रम, रवि, सुमित र अस्मितामध्ये कसले मार्लान् बाजी ? घोषणा हुन अब केही घण्टा मात्रै बाँकी

  • प्रकाशित मिति: बिहिबार, पुष ५ २०७५
  • तामाकोशी

काठमाडौँ – नेपालको अन्तराष्ट्रिय स्तरको पहिलो चर्चित रियालिटी शो ‘नेपाल आइडल’ को दोस्रो सिरिज अहिले ग्रान्ड फिनालेको नजिक छ ।‘नेपाल आइडल सिजन २’ का उत्कृष्ट टप ४ प्रतिस्पर्धीहरुले आइडलको मन्चमा अन्तिम प्रस्तुति दिएका थिए । अब भोली अर्थात पुष ६ गते ० ५ बजेसम्म मात्रै भोट गर्न पाउने छन् । ‘नेपाल आइडल सिजन २’ को फाइनल पुलचोकको इन्जिनियर कलेजमा हुनेछ ।

बिहिबार प्रशारण भएको एपिसोड ३५ मा रबि ओड, बिक्रम बराल, सुमित पाठक र अस्मिता अधिकारीले आफ्नो जोडदार प्रस्तुति दिईसकेका छन् । अब यी उत्कृष्ट ४ जना प्रतिस्पर्धीहरुको प्रस्तुतिको आधारमा भोटिङ मार्फत ‘नेपाल आइडल सिजन २’ को बिजेता छान्ने पालो सम्पूर्ण दर्शकहरुको पोल्टामा गएको छ ।



‘नेपाल आइडल सिजन २’ को बिजेता को बन्छ यो भने शुक्रबार बेलुका नै थाहा हुनेछ। गत साउन २४ गतेबाट सुरु भएको नेपाल आइडल सिजन २ मा टप ४ प्रतिस्पर्धीहरु नै फाइनलमा लागिएको हो।