मलाई गर्न गाह्रो होइन जोगाउन गाह्रो हो भन्दै गुनासो पोख्दै मिडियामा हेर्नुहोस भिडियो

  • प्रकाशित मिति: बुधबार, पुष ४ २०७५
  • तामाकोशी

काठमाडौं – पुष ४ – छोटो समयमा निकै चर्चा कमाउन सफल भएको नाम हो गायिका इरानी सुन्दरी भाम। दुर्गम ठाउँ मुगु जन्मिएकी इरानी सुन्दरी भाम नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय कहलिएको नाम हो । इरानी सुन्दरी भाम बि स २०५५ साल मंसिर १८ गते मुगु जिल्लाको भामबाडामा बुवा गजेन्द्र बहादुर भाम र आमा चक्रा देबी भामको कोखबाट जन्मनु भएको हो ।

इरानी सुन्दरी भाम बिगत लामो समय देखि यसै क्षेत्रमा निरन्तर संघर्ष गरिरहेकी छन । एसएलसी सम्मको अध्ययन गाउँकै विद्यालयबाट सकेसँगै उच्च शिक्षा अध्ययनका लागि काठमाडौं छिरेकि उनको औपचारिक सांगीतिक यात्रा भने दुई वर्ष अगाडिदेखि मात्रै आरम्भ भएको हो । इरानी सुन्दरी भाम सानै देखि नै गितसंगीतलाई माया गर्ने भामलाई आज भोली उनलाई निकै कार्यकर्म हरुको निम्तो आउने गर्छ ।



उनी कसरी संगीत क्षेत्रमा लागिन् त ? उनी भन्छिन्, ‘सानैदेखि गाउने बानी थियो, सुरुमा घर परिवारको खासै राम्रो सहयोग थिएन तर मैले कार्यक्रमा गित गाउने प्रतियोगीतामा भाग लिने काममा म पछी कहिले हटिन, निरन्तरता मैले दिई रहेकी थिए मेरो रुची र चाहाना देखे पछी सवैले विश्वास गरे पछी मैले विशेष बाबाआमा,दिदीबहिनि,दाजुभाई अनि सिंगो परिवारको हौसलाले नै गीत संगीतमा लागेकी हूँ । तर आफ्नो सुमधुर स्वर र गायकीद्वारा दर्शक,स्रोतालाई मन्त्रमुग्ध पार्न सक्ने क्षमता बोकेकी उनले संगीत क्षेत्रमै लागेर बाँच्न सक्ने अवस्था भने देखेकी छैनन् ।

संगीतमै मात्र लागेर बाँच्न सक्ने अवस्था तत्काललाई छैन उनी भन्छिन्,-अन्य पेशा नगरी गाह्रै छ । संगीत क्षेत्रका अग्रजहरूबाट निकै राम्रो हौसला र प्रेरणा प्राप्त गरेको बताउँदै उनी भन्छिन्,-अग्रजहरूकै प्रेरणा र सल्लाह, सुझावले मलाई राम्रो गर्न थप हौसला प्राप्त भएको छ ।’
भविष्यमा संगीतलाई नै निरन्तरता दिने उनको सोंच छ । संगीत क्षेत्रमा लाग्न चाहने नयाँ पुस्तालाई उनी साधना गर्न सल्लाह दिन्छिन् । ‘साधनाविना केही पनि पूरा हुँदैन’, उनी भन्छिन्, ‘त्यसैले साधना आवश्यक छ, साधना गर्न सक्यो भने राम्रो गर्न सकिन्छ ।

राम्रा कलाकारहरूलाई दर्शक, स्रोताले माया गर्ने भन्दै उनी भन्छिन्, ‘दर्शक, स्रोता हाम्रा भगवान हुन्, दर्शक, स्रोताले हाम्रो भन्दा पनि राम्रो कलाकारलाई माया गरिदिनुपर्र्यो ।’
सबैको सुझाव र सल्लाहलाई अनुसरण गरेर भविष्यमा अझै राम्रो गर्ने प्रयत्न गर्ने बताउँदै उनी संगीतको कुनै सीमित परिभाषा नरहेको बताउँछिन् ।

केहि महिना अघि “डोली बोकी ल्याउछु”भन्ने डेउडा गीतमा आवाज मिसाएकी गायिका भामले स्वयम् गायिकाको आवाजमा “कर्णाली घुमेर आउ”गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त् गीतमा गायक विज्ञान रोकायाले थप हौसला तथा साथ् दिएका छन् ।

२०६७ सालमा बरिष्ठ रंगकर्मी सुनिल पोखरेलको पहलमा कर्णालीका युवाहरु नाटक मञ्चन गर्ने सपना बुन्दै काठमाण्डु आइपुगएकी गायिका भामले पहिलो पटक “मनमा शान्ति छाउँदै छाउँदैन”नामक गितको बोलबाट डेब्यु गरेकी इरानी सुन्दरी भामले अहिलेसम्म दर्जनौं डेउडा गीतमा स्वर दिईसकेकी छन । आफ्नै धारमा टेकेर अघि बढीरहेकी इरानी सुन्दरी भाम भने अहिलेसम्म मिडियामा आएकी छैनन् ।

यति संघर्ष गरेर यतिका दर्जनौं गीतमा आफ्नो कर्णप्रिय स्वर दिए पनि अझै स्थापित हुन भने सकेकी छैनन । किन ? चर्चामा आउन सक्नु भएन भनेर सोध्दा यसै विषयमा अन्लाईनसंग कुरा गर्दै इरानी सुन्दरी भामले “मलाई यति चाडैं सस्तो लोकप्रियता कमाउन छैन । समय अनुसार चिन्ह सक्यो र काम गर्न सक्यो भने सफलता एक न एक दिन अवश्य आउँछ भन्ने कुरामा म विश्वस्त छु । कसैले त् मलाई च्यालेन्ज गरेका थिए गीतसंगीत क्षेत्रमा लागेर आफ्नो भाविश्या सखाप पार्यो भनेर जसले मलाइ दुखि पनि बनायो । गितसंगित मेरो म्लागी रुचिको विषय थिए कारण बस म गीतसंगीतबाट पछी पनि सरेको थिए फेरी आम दर्शक स्रोताको मायाले गीतसंगीतमा फर्कने अवसर पाएकि छु । नेपालि संगीतको दुर्दशा भन्नेकी के भनु मैले धेरै पिडा नि भोगेकी छु । हौसला दिने पनि यहि क्षेत्रमा छन् खुट्टा काट्ने पनि यहि क्षेत्रमा छन् । यहि क्षेत्रमा कोहि यतिसम्मका निच व्यक्तित्वहरू पनि छन् जसले सधै नेगेटिभ र नराम्रो देखिरहने भने कोहि देवता पनि छन् । म मुकाबिल गर्छु गीतसंगीत मेरो मुटु हो धडकन हो स्वास रहुन्जेल म नेपालि गित संगीत जोगाउन लागिरहने छु । म मेरो खुट्टामा आफै बन्चरो हान्दीन । तिखा प्रहारबाट बाचेकी मान्छे हु म चोट सहन मलाई गाह्रो छैन म संघर्ष गर्छु गरिरहेकी पनि छु । कुनै पनि कुरा गर्न सजिलो हुदैन कोसिस गर्नु पर्छ एक दिन अवाश्या शिखरमा पुग्न सकिन्छ । मलाई गीतसंगीत गर्न गाह्रो होइन मौलिक सृजना जोगाउन गाह्रो छ तैपनि मलाई यति आशा छकी आम दर्शक स्रोताको माया अनि साथसहयोग सधै पाईरहने छु । कला क्षेत्रमा लागेर आफ्नो देश नेपाल र मध्यपश्चिम र सुदूरपश्चिमको कला सास्कृतिलाई संसार भरी चिनाउने चाहाना रहेको बताउनु भयो ।