काठमाडौं – नेपाली गीतसंगितमा नयाँ नयाँ प्रयोग र प्रस्तुतीहरु भित्रने क्रम नौलो होइन । नयाँ पनि यस्तो होस कि छिट्टै दर्शक र श्रोताको मन छुन सकोस् । चाहे त्यो लोकगीत होस् यात डेउडा ,आधुनिक वा पपगित नै किन नहोस् । यस्तै गीतसंगितको प्रतिश्पर्धात्मक बजारमा भर्खरै एउटा नयाँ गीतले प्रवेश पाएको छ । एलिश ईन्टरटेनमेन्ट प्रा.लिको प्रस्तुति टेकेन्द्र बलायरको नयाँ देउडा गित “डोटी तिर आईजा”गीतको म्युजिक भिडियो सार्वजनिक भए पछि यसले साँगितिक बजार निकै तताएको छ । टेकेन्द्र बलायारको सुमधुर स्वरमा रहेको छ भने साथमा कल्पना बिसीले साथ्य दिएकी छन भने यस गीतमा शेर साउदको शब्द र उनकै संगीत रहेको छ । शेर साउदले निर्देशन गरेको गीतमा निर्देशक शेर साउद र पुजा राई फिर्चड छन् । विष्णु शर्माले सम्पादन गरेका छन् भने बासु बरालले छायांकन गरेका हुन् ।
हेरौं भिडियोमा :
निर्देशक शेर साउदको दमदार अभिनय पूजालाई यसरि नचाए डेउडा गीतमा(हेर्नुहोस भिडियो)
- प्रकाशित मिति: शनिबार, मंसिर ८ २०७५
- तामाकोसी खबर