हास्यकलाकार जनक साउद गायनमा पनि छलांङ मार्दै-सार्वजनिक भएको हप्ता दिन नपुग्दै “क्याम्पस पढ्नेवाली”गीतको यति धेरै चर्चा(हेर्नुहोस भिडियो)

  • प्रकाशित मिति: मंगलबार, मंसिर ४ २०७५
  • तामाकोसी खबर

काठमाडौं-रहर मानिसलाई एउटा चिजले मात्रै नभएर धेरै चिजमा रमाउन मन लाग्छ । मनोरंजन भित्र गीत, संगीत, चलचित्र लगायत विभिन्न क्षेत्र पर्दछन् । जस्तै म्युजिक भिडियोमा अभिनय गर्नु,गित गाउनु पनी मानिसको एउटा रहर हो । कलाकारहरु बिशेष, मनोरंजन भित्र पर्दछन् । कोही कलाकार थोरै काम र राम्रो गरेर छिट्टै चर्चामा गएका हुन्छन भने कोही धेरै काम गरेपनी चर्चा पाउन सकेका हुदैनन् । चर्चामा जानुसँगै आर्थिक आम्दानी पनी हुन्छ तर कतिपय रहरै रहरले मात्रै पनी यो क्षेत्रमा अगाडी बढेको भेटिन्छ । नेपालि गीतसंगीतमा आफ्नो छुट्टै पहिचान स्थापित गराउन पाइला चाल्दै गरेका गायक तथा कमेडी कलाकार (अछामी माग्ने बुढा)को नामले परिचित जनक साउद यतिबेला गितसंगीतकै रफ्तारमा लागेका छन् । गायक तथा हस्याकलाकार सुदूरपश्चिम अछाम जिल्ला रामारोशन गाउपालिकामा जन्मेका हुन् ।

श्रीराम फिल्मसको प्रस्तुतिमा रहेको जनक साउदको देउडा गित “क्याम्पस पढ्ने वाली”म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा लय तथा शब्द भने गायक स्वयमको रहेको छ । जनक साउद र जानकी साउदको सुमधुर आवाज रहेको छ । गायक स्वयमले निर्देशन गरेको यस म्युजिक भिडियोलाई प्रकाश नागरिले छायांकन गरेका हुन् भने अनुप बिकले भिडियो सम्पादन गरेका हुन् । कल्पना ढुंगाना र उमेश थापाको दमदार अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो :