सोमबार बिहान ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा प्रकाश दहालको स्मृति सभा भइरहँदा प्रचण्ड परिवार मात्रा भावुक बनेनन् त्यहाँ रहेका हजारौं कार्यकर्ताहरु तथा शुभचिन्तकहरु पनि केही बेर भावुक बने ।
कार्यक्रममा बोल्ने क्रममा नेकपा अध्यक्षसमेत रहेका प्रचण्डले छोरा प्रकाश दाहालको निधनको बेला पार्टी सम्हाल्ने कि घर सम्हाल्ने भन्ने स्थिति आएको र सबैको सहयोगमा दुवै सम्हालेको स्मरण गरे ।
कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, सभामुख कृष्णबहादुर महरा, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, राजपा संयोजक महन्थ ठाकुर, राप्रपा अध्यक्ष कमल थापा लगायतका नेताहरुको उपस्थिति थियो । तर, कार्यक्रममा प्रधानमन्त्री ओली र प्रचण्डले मात्र बोलेका थिए ।
त्यसै सन्दर्भमा लेखक तथा विश्लेषक दिल निशानी मगरले प्रकाश दहालबारे केही गोप्य कुराहरु व्यक्त गरेका छन्, जुन प्रकाश दहाल र आफुबीचको सम्बन्धका उतारचढाबबारे निकै भावुक हुदैँ उनले सुनाएका थिए । हेर्नुहोस् यो भिडियो…