काठमाडौं – नेपालि सांगीतिक बजारमा मौलिक डेउडा गीतसंगीतको खडेरी परेको बेला साईनिङ स्टार ग्रुपको प्रस्तुति राहुल बि.कको मौलिक डेउडा गित “बसेई प्यारी जान्छु बम्बई”देउडा गीतको भिडियो बजारमा आएको छ । राहुन बि.क. को उत्कृष्ट लय शब्द तथा राहुल बि.क.को सुमधुर आवाज रहेको छ साथमा पछिल्लो समय सुदूरपश्चिममा चर्चाको शिखरमा चुलिएकि डेउडा गायिका निरुता खत्रीको सुमधुर आवाज रहेको छ । गायिका निरुता छोटो समयमा नै चर्चा कमाउन सफल गायिका हुन् । दर्जनौ गीतमा आफ्नो आवाज मिसईसकेकी गायिका निरुता यतिबेला निकै नै बेस्त गायिकाको रुपमा लिन सकिन्छ । विजय थापाको संगीत सयोजनामा रहेको यस गीतको म्युजिक भिडियोको निर्देशन हरिस बेल्जालीले गरेका हुन् । यस म्युजिक भिडियोको छायांकन तथा सम्पादन सोनु बिकले गरेका हुन् भने हरिश बेल्जाली र झरना बोहोराको दमदार अभिनय रहेको छ । नेपालि गरिबीको पिडा विशेष त् सुदूरपश्चिममा रहेका बिकट ठाउका तथा गरिबीका रेखामुनी पिल्सिएका गरिब जनताको पिडा यस गीतको भावमा लुकेको छ । यस म्युजिक भिडियोलाई विशेष फिल्मको युटुव च्यानलले बजार व्यवस्थापन तथा वितरण गरेको छ । यसका साथै (विशेष फिल्मसको युटुब च्यानललाई पनि सस्क्राब गर्न भने नभुल्नुहोला)
हेर्नुहोस भिडियो :
फेरी के भयो निरुतालाई (हेर्नुहोस भिडियो)
- प्रकाशित मिति: बुधबार, कार्तिक २८ २०७५
- तामाकोसी खबर