काठमाडौं-कैलालीको गोदावरी नगरपालिका वडा नम्वर १ बनखेतकी करिष्मा विष्टलाई घर परिवारका सदस्यले गीत गाएको मन पराउँदैनथे । नेपाल आयडलको धनगढी अडिसन हुँदा उनकी आमाले अन्तिम मौका हो भन्दै सहभागीको अनुमती दिईन् । सो बेला उनका बुवा र एक जना दाई विदेशमा थिए भने आमा र एक दाई घरमै थिए । नेपाल आयडलमा सहभागी हुने अनुमती पाएपनि उनकी आमाले साँझ ५ बजेभित्रै घर पुग्नुपर्ने सर्त राखेकी थिईन् । धनगढी अडिसन ढिलो गरी सुरु हुँदा विष्टको पालो आउदासम्म राती परिसकेको थियो । शुरुमा अडिसनमा उनले ‘उ त्यहाँ हेर मेरो तस्वीरमा’ बोलको गीत गाएकी थिइन् । तर, गाउँदा गाउँदै बीचमा रोक्किईन ।
रोक्किनुको कारण बारे निर्णायकले प्रश्न गर्दा उनको जवाफ थियो आमाले ५ बजेभित्रै पुग्नु भन्नुभएको थियो तर यही राती भईसक्यो । अनि फेरि करिश्माले निर्णायकहरुलाई आग्रह गरिन् म आफैंले बनाएको गीत सुनाउँछु नि है ? निर्णायकहरुले पनि उनको आग्रह सहर्ष स्वीकार गरे । ‘इकोे पनि लाग्यो, अकाउण्ट नि लाग्यो, अरुत अरु थियो ईग्लिंस नि लाग्यो…।’ बोलको ¥याप शैलीको गित गाउँदा निर्णायकहरु निकै उत्साहित देखिए । उनले ‘गोल्डेन टिकट’ पाउन सफल भईन् । अडिसन प्रसारण हुनुभन्दा पहिले नै उनको ¥यापको चौतर्फी तारिफ भइरहेको थियो । अडिसन प्रसारण भइसकेपछि त झनै उनको प्रतिभाको प्रशंसा भइरहेको छ ।
‘गोल्डेन टिकट’ पाईसकेपछि धनगढीबाट अत्तरिया घर तर्फ लागेकी विष्टलाई घर पुग्दासम्म मध्यरातको १२ बजिसकेको थियो ।
आमाले रिसाउनहुन्छ भन्ने कुरा त उनलाई धनगढीदेखि नै लागेको थियो । घर पुग्दा सबैभन्दा पहिले विष्टले आमालाई ‘गोल्डेन टिकट’ देखाईन्, तर आमाबाट कुनै प्रतिक्रिया पाईनन् । घरमै रहेका दाईलाई ‘गोल्डेन टिकट’ देखाएपछि दाईले नै आमालाई सम्झाएको उनको भनाई छ । सुदूरपश्चिममा जन्मिएकी गायिका करिश्मा यतिबेला आईडलबाट आउट भए पछी गित पनि रेकर्ड गरईसकेकी छन् ।‘हास्य टेलिशृंखला’समेत देखिएकी छन् । उनी हास्य टेलिशृंखला ‘खुल्दुली’मा देखिएकी हुन् ।
। बाँकी हेर्नुस् करिश्मा बिष्टसंग महेश बिसी चतुरेले गरेको कुराकानी :