रामेछाप, कार्तिक २० गते ।
रामेछाप नगरपालिका वडा नं. ५ रामपुर खर्क भन्ज्याङमा राष्ट्रिय ख्याति प्राप्त कलाकारहरु पुग्दा रामपुरबासीले छुट्टै आनन्दको महसुस गरेका छन् । सोमबार नब जागरण युवा क्लव रामपुरद्धारा रातिको समयमा पहिलो चोटी ख्याति प्राप्त कलाकारहरु सहित सांस्कृतिक कार्यक्रमको आयोजना गरेकाले स्थानियहरुले रातैभरी नाचेर मनोरन्जन लिएका थिए ।
रामपुरमा अहिले सम्मकै उत्कुृठ कार्यक्रम आयोजना भएकोले पनि यसको महत्व धेरै भएको उपस्थित स्थानियबासीको भनाई रहेको छ ।
कार्यक्रममा राष्ट्रिय ख्याति प्राप्त कलाकारहरु (पहिलो रामेछाप लोकतारा) रामकुमार नेपाली, युनिक भोजराज विक, तिर्थविरक्त पाख्रिन, हरि बहादुर काफ्ले मगर, भिमराज विक लगाएतका कलाकारहरुले दर्शकहरुलाई भब्य मनोरन्जन दिलाएका थिए ।
यस्तै कलाकारहरु सपना सोनाम, विमा कुमारी अनुरागी, सलामसिङ तामाङ, सुर्य क्याप्चाकी मगर, बर्षा मोक्तान, अविरल राज, विनोद विसी लगाएत स्थानिय कलाकारहरुले पनि आ–आफ्नो प्रस्तुति प्रस्तुत भइरहदा रामपुरबासीहरुले नाचेर भरपुर मनोरन्जन लिएका थिए ।
संगितको क्षेत्रबाट रामपुरलाई चिनाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको नब जागरण युवा क्लवका अध्यक्ष विरेन्द्र रिसालले जानकारी दिए ।
कार्यक्रममा वडाध्यक्ष भिमबहादुर तामाङ लगाएत जनप्रतिनिधीहरु र संयौको संख्यामा स्थानियहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सोमबार राति सात बजेदेखि मंगलबार विहान सम्म सञ्चालन भएको थियो ।




