काठमाडौं-नेपाली गीतसंगीतको क्षेत्रमा विभिन्न खाले गीतहरु बजारमा आउने क्रममा नेपालीहरुको महान चाड शुभदिपावलीको शुभकामना सहित भर्खरै मात्रै धुन नेपालको प्रस्तुतिमा फेरी अर्को गित“ओई डार्लिङ”सार्वजनिक भएको छ । हेमन्त शिशिरको सुमधुर आवाजमा रहेको यस गीतको शब्द तथा संगीत पनि गायक स्वयमले गरेका हुन् । यस गीतको म्युजिक भिडियोको निर्देशन गायक तथा सर्जक धुन नेपालका संचालक डिआर सुजनले गरेका हुन् ।
यस म्युजिक भिडियोमा अभिनयमा पनि डिआर सुजन र रन्जु श्रेष्ठको दमदार अभिनय रहेको छ भने द ब्ल्याक पाण्डाको ग्रुपले अझै रोमान्चक प्रस्तुति गरेको छन ।
यसका साथै यो गीतको छायांकन दिपक गीरी र सागर गौतमले छायंकन गरेको यस गीतको म्युजिक भिडियो सम्पादन प्रकाश एस.केले गरेका हुन । मोडल तथा निर्देशकको जन्म उत्सवमा सार्वजनिक गरेको यो गित निकै राम्रो बनेको छ र सबै नेपालि दर्शक स्रोताकको मन मुटुमा बस्न सफल रहोस । धुन नेपालको युटुब च्यानलबाट बजारमा आएको छ । हाम्रो तर्फबाट पनि डिआर सुजनलाई जन्म दिनको करोडौ करोड सुभकामना । हेर्नुहोस यो भिडियो :