असिमकुमार कटुवालको तिज गित “साइला मादल बजाऊ” बजारमा

  • प्रकाशित मिति: सोमबार, भाद्र १८ २०७५
  • तामाकोसी खबर

काठमान्डौ, भदौ १८ गते ।
गायक तथा सर्जक असिम कुमार कटुवालको तिज गित “साइला मादल बजाऊ” बजारमा आएको छ । विभिन्न चार्डवर्प विशेष गित संगित बजारमा ल्याउने क्रममा असिम कुमार कटुवालले तिजको अबसर पारी “साइला मादल बजाऊ” पाठकहरु माझ सार्वजनिक गरेको हो ।
दोलखा जिल्लामा जन्मिएर काठमान्डौलाई कर्मथलो बनाएर नेपाली लोक संगितको क्षेत्रमा क्रियाशिल कटुवाल समय सान्दर्भिक गितकारको रुपमा परिचित हुनुहुन्छ । विभिन्न दर्जनौ गितहरु बजारमा ल्याएर स्रोता दर्शकको अपार माया पाउन सफल कलाकार असिम कुमार कटुवालले तिज लगत्तै दशै गित पनि सार्वजनिक गरिने अन्तिम तयारी रहेको बताए ।
छहारी म्यूजिक प्रालिको प्रस्तुतिमा रहेको तिज गित “साइला मादल बजाऊ” मा असिम कुमार कटुवाल र गोमा कटुवालले आवाज दिएका छन् । देबेन्द्र लामिछानेको लय रहेको उक्त गितमा असिमलेनै उत्कृष्ठ शब्द सिर्जना भरेको छ भने भिडियोमा समिर थोकर र सविना लामाले अभिनय गरेका छन् । जितु तामाङद्धारा सम्पादित म्यूजिक भिडियोको सागर गौतमले छायाङ्कन गरेको हो भने समिर थोकरले निर्देशन गरेको हो ।

म्यूजिक भिडियो