काठमान्डौ, भदौ ८ गते । चर्चित लोक दोहोरी कलाकार हरीबहादुर काफ्ले मगरले आफ्नो मान्छेलाई तिजमा पाइन्ट नलाउन चेतावनी दिएको छ ।
परम्परा मुल्य मान्यता अनुसार तिजको अबसरमा सारी चोलीको महत्व दर्शाउदै पाइन्ट नलाउन गित मार्फद सजक गराएको हो ।
विभिन्न विषयबस्तुमा आधारित दर्जनौ गित संगित बजारमा ल्याइसकेका कलाकार हरीबहादुर काफ्लेले तिजको बेला सारी चोलीको महत्व गित मार्फद प्रबाह गर्न खोजिएको छ ।
तिर्थविरक्त पाख्रिको उत्कृष्ठ लय तथा शब्दमा हरी बहादुर काफ्ले मगर र सम्झना लामाको आवाजमा सजिएको तिज कोसेली “भन्दयाछु बुढि पाइन्ट नलाउ सारी” नामक एल्बम सार्वजनिक गरिएको हो ।
छोटो समयमा दर्शक स्रोताको मन जित्न सफल तिज गित “भन्दयाछु बुढि पाइन्ट नलाउ सारी” अडियो तथा भिडियोमा उपलब्ध छ ।