मायामा अविश्वास भएपछि इन्द्र श्रेष्ठले के भने सारिकालाई …? (भिडियो सहित)

  • प्रकाशित मिति: बुधबार, जेष्ठ २३ २०७५
  • तामाकोसी खबर

युनिक विफा घिसिङ
रामेछाप , २३ जेष्ठ ।
यो माया के हो ? प्रायले जानी नजानी गरे ता पनि यसको साब्दिक अर्थ प्रष्ट नभएको माया लगाउनेहरु बताउछन् । यहि माया हो पागल बनाउने , यहि माया हो संसार जितेको अनुभुति दिलाउने पनि । नेपाली लोक संगितको मोडलिङ क्षेत्रको अब्बल कलाकार इन्द्र श्रेष्ठलाई अहिले यहि माया टोक्नु न बोक्नु जस्तै भएको छ ।
विगतदेखि सारिका केसीसंग हिमचिम बडेको कुरा हामीले विभिन्न मिडियाहरुबाट सार्वजनिक भएको देख्न सक्छौ । माया गर्नेले शंका पनि धेरै गर्छन भन्ने तथ्य अहिले इन्द्र श्रेष्ठ र सारिका केसी विचको सम्बन्धले प्रस्ट्याउछ ।
एक अर्का विचको मायामा अविश्वास बढे संगै घरी घरी फोन गरिरहने, कहिले ब्यस्त जस्तो लाग्ने कहिले आफुले फोन गर्नेबेलामा मोवाइल अफ हुने, अरु संग धेरै गफ हुने आदि इत्यादिले खुवै तनावमा छन् ।
यो कुरा युनिक भोजराज विकको शब्द लयमा वजारमा रहेको “मोबाईल अफ हुन्छ” भन्ने गितको भिडियोमा छ । कलाकार हो, कथाले मागे अनुसारको अभिनय गर्दा यो विषयले स्थान पाएको हो ।
नेपाली लोक दोहोरी गीत सङीतको क्षेत्रमा बिगत केही बर्ष देखि आफ्ना अब्बल सिर्जना पस्कन माहिर कलाकार युनिक भोजराज बि.कको शब्द सङीतमा भरखरै नयाँ गित “मोबाईल अफ हुन्छ” बजारमा सार्वजनिक भएको छ ।
“मोबाईल अफ हुन्छ”मा प्रतिभाशाली कलाकार नरेन्द्र सिंह टमटा र रमिला गदाइलीको आवाज रहेको छ । इन्द्र श्रेष्ठ र सारिका के सिको जिबन्त अभिनय गीतमा रहेको छ । दिपक विष्टको संपादन रहेको गितमा सुरेस श्रेष्ठले छायाङ्कन गरेका छन र भिडियोको निर्देशन लोक दोहोरी क्षेत्रका चर्चित निर्देशक कपिल लामाले गरेका हुन ।

भिडियो