काठमाडौं – तामाङ सेलो गीतका लोकप्रिय सर्जक तिर्थ पाख्रिनको नयाँ गीत ‘आई छामे खाराङ्बा’ सार्वजनिक भएको छ। नेपाली सांगीतिक क्षेत्रलाई तामाङ सांस्कृतिक झल्को दिने गरी तयार पारिएको यो गीतले छोटो समयमै दर्शक-श्रोताको ध्यान तान्न सकिने विश्वास गरिएको छ।
गीतमा शब्द र स्वर तिर्थ पाख्रिनकै रहेको छ भने सुमिना लोको सुमधुर साथ स्वरले गीतलाई अझ सजीव बनाएको छ। चन्द्र कुमार दोङको संगीत संयोजनमा तयार भएको यो सेलो गीतले माया पिरतीप्रतिको भावना समेटेको छ।
tirtha pakhrin युट्युबमार्फत सार्वजनिक भएको यो गीतले सेलो संगीतप्रेमीहरूका लागि अर्को अविस्मरणीय सिर्जना बन्ने विश्वास गरिएको छ।