साथीभाइ भएर जम्मा देउसी भैलो गीत सार्वजनिक

  • प्रकाशित मिति: शनिबार, कार्तिक २५ २०८०
  • तामाकोशी

रामेछाप । लोकप्रिय गायक तथा सर्जक रमेश पाठक र विनोद बि.सीको साथीभाइ भएर जम्मा देउसी भैलो गीत सार्वजनिक भएको छ । यस गीतमा शब्द, सङ्गीत, रमेश पाठक, रहेको छ भने स्वर पनि रमेश पाठक विनोद बि.सी.र बेनिशा पौडेलको रहेको छ । ओम प्रसाईँले छाँयाङकन तथा सम्पादन र टेक लामाले निर्देशन गरेको यो गीतमा कृष्ण रसाल, शिला गजुरेल, रिता सानु,रिहान शंखर लगायतका कलाकारहरूले अभिनय गरेका छन् । बद्लिँदो परिस्थिति र अनेकौँ नयाँ परम्परा भित्रिँदै गर्दा आधुनिक जमानाको परिवेशलाई चिर्दै आफ्नो रीति रिवाज र परम्परा बचाउने उद्देश्यले यो गीत सिर्जना गरिएको हो । मिक्सिङ÷मास्टरीङ नरेन्द्र वियोगीको रहेको यो गीतको रेकर्ड वेभ स्टुडियो अनामनगरमा भएको हो । गीतको भिडियो रमेश पाठक आधिकारिक युट्युब च्यानलबाट डिजिटल बजारमा आएको छ । यस अघि रमेश पाठकको मायाकै पिर, सातै सुरमा ,तिम्रै झल्को रातदिन ,दसैँ आयो मनै रमायो,हैरानै गरायौंनि,लगायतका गीत सार्वजनिक भैसकेका छन् । साथै विनोद बि.सीको गुलाबको फुल, पच्पन्न झ्याले दरबार, लाको हैन गफ, ब्वाइफ्रेन्ड चाहियो मलाइ ,मायाको पछ्यौरी लगायतका गीत सिर्जना भैसकेका छन् ।