गायक तथा सर्जक उत्तम पौडेलको “हजारौँ माझ” गीत सार्बजनिक (भिडियोसहित)

  • प्रकाशित मिति: बुधबार, माघ ५ २०७८
  • तामाकोशी

मन्थली । गायक तथा सर्जक उत्तम पौडेलको एकल आधुनिक गीत “हजारौँ माझ” सार्बजनिक भएको छ । रामेछाप साँस्कृतिक कलाकार समाजका बरिष्ठ उपाध्यक्ष समेत रहेका गायक पौडेलको उत्कष्ठ शब्द र स्वर रहेको उक्त गीत U.P. Music युट्युबमार्फत संगितको बजारमा सार्बजनिक भएको हो ।

संगीतकार प्रेमकृष्ण बजगाईंको संगीत रहेको सो गित युट्युब च्यानल मार्फत सार्बजनिक भएको छ । गितको एरेन्ज अनि बाद्यबादन सम्बन्धी सम्पूर्ण ब्यबस्थापन बुद्ध सायमीले गरेका छन् भने भिडियो सम्बन्धी ब्यबस्थापन कृष्ण राईले र इडिटिङ गंगाराम राईले गरेका छन् ।
गीतको शब्द र भावअनुसार हेर्ने भन्दा पनि ज्यादा सुन्ने प्रकृतिको भएको हुँदा हाललाई स्टुडियो टेक र रेकर्डिङको परिबेशलाई मात्र कैद गरी भिडियो निर्माण गरिएको गायक पौडेलले बताए ।