‘नेपाल आइडल’ को चौथो संस्करण प्रसारण हुँदै: विज्ञापन दाताबीच हस्ताक्षर

  • प्रकाशित मिति: शनिबार, मंसिर १८ २०७८
  • तामाकोशी

काठमाडौं । गायनमा आधारित रियालिटी शो ‘नेपाल आइडल’ को चौथो संस्करण यही मंसिर २३ गते बिहिबारदेखि एपीवान टेलिभिजनमा प्रसारण हुने भएको छ । नेपाल आइडलको नयाँ संस्करणलाई अघिल्ला सिजनभन्दा सशक्त रुपमा ल्याउने तयारी भइरहेको आयोजक संस्थाले जानकारी दिएको छ ।

यसैबीच, नेपाल आइडल र विज्ञापन दाताबीच शुक्रबार काठमार्डौंमा आयोजित एक समारोहमा हस्ताक्षर गरिएको छ । सोल्टी क्राउन प्लाजामा आयोजित समारोहमा नेपाल आइडल–४ का टाइटल स्पोन्सर कोकाकोला, पावर्ड वाइ सिटिजन लाइफ इन्स्योरेन्स, डाबर हनी, इन एसोसिएसन विथ हिमाल रेमिट, केएनपी जापा तथा स्ट्रेन्थ पार्टनर शिवम सिमेन्ट, सपोर्टेड बाइ मेट्स इन्टरनेशनल, हिरो, बाल्ट्रा र भोटिङ पार्टनरको रुपमा रहेका सेल पेबीच विज्ञापन सम्झौतामा हस्ताक्षर भएको हो ।



कार्यक्रममा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्यापटेन रामेश्वर थापाले कोरोना महामारीबीच नेपाल आइडल दर्शकमाझ ल्याउन सफल भएको बताए । नेपाल आइडलको पहिलो विजेता पोखराका बुद्ध लामा भएका थिए भने दोस्रो विजेता सुदूरपश्चिमका रवि ओड भएका थिए । तेस्रो सिजनको उपाधि भने पहिलो पटक महिला प्रतिस्पर्धी सज्जा चौलगाँईले जितेकी थिइन् ।