गायक सबिन चौहानको तिज गित नङ् पालिस बजारमा (भिडियोसहित)

  • प्रकाशित मिति: शनिबार, साउन ९ २०७८
  • तामाकोशी

रामेछाप । रामेछापका कुशल गायक सबिन चौहानको अर्काे उत्कृष्ठ गित सांगितिक बजारमा सार्वजनिक भएको छ । गायक चौहानको पछिल्लो समयमा आएको तिज गित नङ् पालिस नामक गित बजारमा सार्वजनिक भएको हो ।

गायक चौहान र एलिना चौहानको आवाजमा रहेको तिज गित (नङ् पालिस)सबिन चौहान अफिसियल युटुब च्यानल मार्फत बजारमा आएको छ। तिलक वलि को लय शब्द र संगीत एवं खुमन राणा र सुमन राणार्को एरेन्जर तथा कुमार राणाको मिक्सिङमा मारुणी स्टुडियोमा रेकर्डिङ गरेको हो । उक्त गितमा शंकर बि.सि. र सरस्वती पाण्डेले अभिनय गरेका छन् ।



उक्त गितको भिडियोको बिक्रम चौहानले निर्देशन तथा कोरियोग्राफी, प्रकाश खड्काले छायांकन गरेका छन् ।