सामाजिक सञ्जाल टिकटकमा चौतर्फी गालि खाएका तेजेन्द्र परियार’कलौटे”ले गाए यस्तो गित(भिडियो)

  • प्रकाशित मिति: आइतबार, असार २७ २०७८
  • तामाकोशी

काठमाडौं-नेपालि गित संगीतको बजारमा एक पछी अर्को गित बजारमा आईरहेको बेला लोकप्रिय बाल कलाकार सचिन परियारका पिताश्री तेजेन्द्र परियार र मुना सुनारको स्वरमा तिज बिशेष गित”छम छम नाच बरी लै”सार्वजनिक भएको छ । ओम सुनारको एरेन्ज तथा संगित रहेको गीतमा लोकप्रिय सर्जक तथा गायक बिष्णु भट्टको शब्द रहेको छ । तेजेन्द्र परियारको स्वर भने यो पहिलो गित हो । देबेन्द्र कुँवरको निर्देशनमा तयार भएको म्युजिक भिडियो राज पोखरेलको टिमले छायांकन गरेका हुन् भने टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।

म्युजिक भिडियोमा भने गायक तेजेन्द्र परियार र सचिन परियार सहित स्वस्तिका खड्का क्षेत्रि,प्रमिता राज घतानी लगायतका कलाकारको अभिनय रहेको छ । स्वस्तिमा खड्का पेशाले अर्कै भएता पनि मोडलिङ क्षेत्रलाई पनि अँगालेकि छन् । प्रमिता राज घतानीले भने दर्जनौ म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।



घतानी अभिनित म्युजिक भिडियो बजारमा एक पछी अर्को आईरहेका छन् भने केहि आउने तयारीमा रहेका छन् । लीम लाईट नेपालको अफिसियल च्यानलबाट सार्वजनिक भएको छ । हेर्नुहोस भिडियो :