काठमाडौं । निषेधाज्ञाले रोकिएका ‘कमेडी च्याम्पियन सिजन २’ र ‘सक्किगो नि’ आजदेखि पुनः प्रसारण हुने भएका छन् । निषेधाज्ञा खुकुलो भएसँगै स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पुरा गरेर ती टेलिभिजन कार्यक्रम संचालन गर्न लागिएको जनाइएको छ ।
सामाजिक दूरी पालना गर्दै कमेडी च्याम्पियनलाई निर्माण गरिएको शोका निर्देशक विशाल भण्डारीले जानकारी दिए । आइतबारदेखि प्रसारण हुने गरि ९ वटा एपिसोडहरु तयारी अवस्थामा छन् । निषेधाज्ञाले रोकिएका सिरियलहरु ‘हर्के हल्दार’, ‘जुठे’ले नियमित प्रसारण सुरु गरिसकेका छन् ।
हाँस्य टेलिसिरियल ‘सक्किगोनी’ हिमालय टेलिभिजनमा बिहिबार बेलुका ८ बजे प्रसारण हुँदै आएको छ ।