रामकृष्ण ढकाल र मेलिना राईको स्वरमा नयाँ गीत (भिडियोसहित)

  • प्रकाशित मिति: बिहिबार, जेष्ठ २७ २०७८
  • तामाकोशी

काठमाडौं । गायक रामकृष्ण ढकाल र गायिका मेलिना राईको स्वर रहेको नयाँ गीत ‘सुनसरी इनरुवा’ सार्वजनिक भएको छ ।

उमेश रेग्मीको शब्द तथा संगीत रहेको गीतमा सुनसरी जिल्लाको सदरमुकाम इनरुवा आसपासका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूको वर्णनसँगै माया–प्रेमका भावना व्यक्त गरिएको छ ।



गीतको भिडियोमा गायक ढकाल र मोडल रिमा विश्वकर्माको अभिनय समेटिएको छ । युवराज वाइवाको निर्देशन रहेको भिडियोमा निलास पौडेलको छायाँकन, विकास दाहालको सम्पादन छ ।