काठमान्डौं । पछिल्लो समयका चर्चित गायक बालकुमार श्रेष्ठ र गायिका कविता खत्रीको स्वरमा नयाँ गित सार्वजनिक भएको छ । गायक श्रेष्ठकै लय तथा शब्द सिर्जनामा ‘विऊ खायो चल्लैले’ वोलको गित सार्वजनिक भएको हो ।
दुई ओखलढुंङ्गे गायक-गायिकाको स्वर समन्वयमा सजिएको ‘विऊ खायो चल्लैले’ छोटो समयमानै चर्चा कमाउन सफल भएको छ । स्मिता स्नेहा इन्टरटेन्मेन्टबाट सार्वजनिक गरिएको उक्त गीतको म्युजिक भिडियोको सुनिल क्षेत्रीले निर्देशन गरेको हो ।
भिडियोमा मोडेल गीता ढुंगाना र निर्देशक सुनिल क्षेत्री कै अभिनय देख्न सकिन्छ । Smita Sneha Entertainment नामक युट्यूव च्यानलमार्फद डिजिटल बजारमा उपलब्ध छ ।