काठमाडौं। गीतकार रीमा श्रेष्ठको शब्दमा गायक कर्ण वीरको सुमधुर स्वरमा नयाँ गीत ‘निष्ठुरी नसम्झ’ म्यूजिक भिडियो सर्वाजनिक गरिएको छ। डिजिटल प्लेटफर्म यूट्युबको ‘नौलो डीजीटल’ च्यानलमार्फत म्यूजिक भिडियो सार्वजनिक गरिएको हो।
अमेरिकामा बस्दै आएकी रीमा श्रेष्ठ नेपाली सांगीतिक उँचाइमा एउटा ईंटा थप्ने कोसिसमा छिन्। उनी ‘अधुरो सपना’ नामक गीति एल्बम पनि बजारमा ल्याउॅंदै छिन्। येलेन मगरको छाँयाकनमा रहेको यस म्यूजिक भिडियोलाई निर्देशन एकान्त मगरले गरेका हुन्। म्यूजिक भिडियोमा गायक कर्ण वीर स्वयम र मनिषा कार्कीले मोडलिङ गरेका छन्। कर्ण वीर चर्चित गायक, गीतकार र मोडल पनि हुन्।
संगीतकार न्ह्यू बज्राचार्य, संगीतकार अनुप रेग्मी र येदिन गजमेरहरूसंग पनि काम गरिसकेकी रीमा श्रेष्ठ, अन्य एल्बम र गीतको तयारीमा पनि छन्।