काठमाडौं- युवा गायक चक्र साउद आर.सीको मध्यापश्चिम सुदूरपश्चिमको मौलिकता झल्किने डेउडा गित सार्वजनिक भएको छ । “साँचो साईका हात”बोलको उक्त गितको म्युजिक भिडियो केहि महिना अगाडी S3K Entertainment Official युट्युब मार्फत सार्वजनिक भएको हो । S3K Entertainmentको प्रस्तुति चक्र साउद आर.सिको शब्द संकलन रहेको यस गितमा लय जनक साउदको रहेको “साँचो साईका हात”गितमा चक्र साउद आर.सी र पछिल्लो समय समय युवा पुस्ताकी चर्चित तथा लोकप्रिय गायिका रेखा जोशीको स्वर रहेको छ ।
यस बर्षको डेउडा गितमा सबै भन्दा बढी दर्शक स्रोताले रुचाएको देउडा गित अन्तरगत पर्छ । छोटो समयमा एउटा भेगिए निश्चित समुदायको बस्तिबाट सृजना भएको गीतले यति छोटो समयमा १५ लाख भन्दा बढी दर्शक स्रोताको नजरमा पर्नु भनेको चानचुने कुरा भने हैन । वर्ष दिन न पुग्दै छोटो समयमा रेखा जोशी र चक्र साउद आर.सी १५ लाख भन्दा बढी दर्शक स्रोताको नजरमा पुगिसकेका छन् । छोटो समयमा निकै नै लोकप्रियता कमाएकी गायिका जोशीको लागि भने अर्को सफलता नै हो । सुदूरपश्चिम घर भएकी जोशी यतिबेला गित संगीतको दुनियामा निकै नै हराएकी गायिका हुन् । साथै निकै नै रुचाएकी गायिका हुन् ।
गितको म्युजिक भिडियो छायाकंन अमित बिकले गरेका हुन् । दिपक संगम बिसिले एरेन्जर गर्नु भएको गीतको म्युजिक भिडियो सम्पादन राजेश कुमारले गरेका हुन् भने भिडियोमा भिम खड्का र पुजा अधिकारीका साथमा सयौको संख्यामा डेउडा खेल प्रस्तुत गरिएको छ । गायक तथा संचारकर्मी चक्र साउद आर.सीले आफ्नै जन्मभुमि गएर यो म्युजिक भिडियो छायांकन गरेका हुन् । आमाबुवा साथीभाई सबैको हौसला र साथ् सपोर्ट पाएका आर.सी यतिबेला एक पछी अर्को गित बजारमा ल्याउदै आएका छन् भने ल्याउने तयारीमा रहेका छन् ।
हेर्नुहोस यो म्युजिक भिडियो :