मेलिना राईको स्वरमा ‘ब्याकुली, तिमी र म घुम्न जाउँ न’ (भिडियोसहित)

  • प्रकाशित मिति: सोमबार, जेष्ठ १० २०७८
  • तामाकोशी

काठमाडौं । ‘ब्याकुली, तिमी र म घुम्न जाउँ न’ गीत सार्वजनिक भएको छ । मेलिना राई, एलिना चौहान, अजय कार्की र अभिनाश थापा मगरको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

अजय कार्कीकै शब्द, सङ्गीत तथा कम्पोज र सिर्जना खत्री ‘हाउडे माया’को र्‍याप छ गीतमा । किशोर थापाको माष्टरिङ तथा मिक्सिङ रहेको गीतको भिडियोमा रामकुमार केसीको निर्देशन रहेको छ । मनोज वलीको कास्टिङ रहेको भिडियोमा राजिव सुनारको कोरियोग्राफि छ ।



भिडियोमा पल शाह, उशा उप्रेति, सुप्रिया खनाल र रञ्जित सिंजाली मगरको नृत्य तथा अभिनय रहेको छ । रामकुमार केसीको छायाँकन रहेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन छ । गीतकार दर्पण राईको टेक्निकल सल्लाह रहेको गीतको भिडियो एमएमएस इन्टरटेन्मेन्टको युट्युव च्यानलमार्फत सार्वजनिक भएको छ ।