हल नखुल्ने भएपछि ‘हंगामा २’ ओटिटीमा रिलिज हुने

  • प्रकाशित मिति: आइतबार, जेष्ठ ९ २०७८
  • तामाकोशी

काठमाडौं । शिल्पा शेट्टी, परेश रावल, मीजान जाफरी र प्रणीता सुभाष स्टारर फिल्म ‘हंगामा–२’ ओटिटी प्लेटफार्ममा रिलिज हुने भएको छ।

कोरोना महामारीका कारण बन्द सिनेमा हल खुल्ने छाँटकाँट नदेखिएपछि ओटिटीमार्फत नै फिल्म रिलिज गर्ने निष्कर्षमा निर्माण युनिट पुगेको हो।



‘धेरै कुर्न सकिएन। फिल्म ८ महिनाअघि नै तयार भइसकेको हो,’ फिल्मका निर्माता रतन जैनले भनेका छन्, ‘यदि अवस्था सामान्य भएको भए हामी यो महिनानै थिएटरमा फिल्म रिलिज गर्ने थियौँ। तर, अहिलेको हालत हेर्दा अगस्तभन्दा अगाडि थिएटर खुल्ने संकेत देखिँदेन। त्यसैले आटिटीबाटै रिलिज गर्ने निष्कर्षमा पुगेका छौं।’

प्रियदर्शनको निर्देशनमा बनेको यो फिल्म सन् २००३ मा रिलिज भएको कमेडी फिल्म ‘हंगामा’को सिक्वेल हो।