काठमाडौं । गायक निरायु गौतमको गीत ‘मायाको पानामा’ सार्वजनिक भएको छ । शुभारम्भ डिजिटल म्युजिकमार्फत सार्वजनिक गीतमा निरायुलाई गायिका एलिना चौहानले स्वरमा साथ दिएकी छन् ।
गीतमा ओम सुनारको संगीत र एरेञ्ज छ । गणेश गिरि निर्देशित भिडियोमा टेलिफिल्म ‘तितो सत्य’मा बाल कलाकारका रुपमा अभिनय गरेर चर्चामा आएका राज आचार्य र ‘भद्रगोल’ तथा ‘सक्किगोनी’मा ‘मुन्नी’को भूमिकामा अभिनय गर्ने प्रियना आचार्य फिचर्ड छन् ।
भिडियोमा गायक निरायु, रुक्मिला अधिकारी, निशु आइडु, दिवाकर भण्डारी र सबिना आचार्यको पनि अभिनय छ ।