“भूपू माया ३”को तिब्र तयारि,बैशाख ३ मा सार्वजनिक गर्दै-रोशन सिंह

  • प्रकाशित मिति: सोमबार, चैत्र २ २०७७
  • तामाकोशी

काठमाडौँ-नेपालि गीतसंगीतमा केहि त्यस्ता कालजयी तथा हरेक नेपालीको मन मुटुमा बस्न सक्ने गितहरु लेखेर छोटो समयमा करोडौ संगीतप्रेमी नेपालि दर्शक श्रोताहरुको प्रिय बनेका सर्जक तथा गायक हुन् रोशन सिंह ।  चर्चाको शिखरमा रहेका गीतकार तथा गायक रोशन सिंह विभिन्न विधाका गीत सृजना गरेर देशमा मात्र नभएर बिदेशमा समेत आफ्नो ख्याति बढाएका छन् ।

नेपाली गीत संगित क्षेत्रको सानो मझेरीमा रहेर पनि उनले एक पछि अर्को गदै हिट नम्बर दिएर साङितिक क्षेत्रमा आफनो बेग्लै छवि बनाईसकेका छन् । रोशन सिंहले सृजना गरेका हरेक गीतहरु संगीतप्रेमी माझ त्यतिकै लोकप्रिय पनि बनिरहेका छन् । उनले जनजिब्रोमा झुण्डिने धेरै गीत नेपाली संगीत क्षेत्रलाई दिइसकेका छन् । ओई ज्योती ओई ज्योती,तरकारी वाली,दारु पार्टि,सिन्दुर पिपल छेउमा वर,ए झरि,भाग्यमा खोट छ ,तत्कालै मात्र निकै नै रुचाईएका”भूपू माया’जस्ता दर्जनौ हिट गीतका लय शब्द सृजना गरेर तथा गाएर नेपाली सांगीतिक दुनियाँमा परिचय बनाइसकेका रोशन सिंहले संसारभर छरिएर बसेका नेपाली बीच एक दरिलो खम्बाका साथ् परिचित छन् । तालि र गालीका बिचमा पनि कतिलाई गायकमा स्थापित गराएका छन् ।



नेपालि गित संगीतका एक लोकप्रिय सर्जक तथा गायक रोशन सिंहले एक पछी अर्को गित सृजना बजारमा त् ल्याए तर कतिपय गीतले निकै नै आकाश चुमेको देख्दा उनी दर्शक स्रोताको माग अनुरुप”भूपू माया”बजारमा ल्याईसके प्रश्चाप”भूपू माया २”सम्म बजारमा ल्याईसकेका छन् । यसै सन्दर्भमा दर्शक स्रोताको माग अनुरुप नै छिटै नै“भूपू माया ३”सार्वजनिक गर्ने तयारीमा रहेका छन् अझ भन्दा मिति नै तय गरिसकेका छन्  । यहि सन्दर्भमा नयाँ बर्षको शुभकामना सहित रोशन सिंहको शब्द संगितमा कालजयी गायक प्रमोद खरेलको स्वर बिक्रम बुढाथोकीसृजना जिसीको अभिनय सहित“भूपू माया ३” बैशाख ३ गते सार्वजनिक गर्ने खुलासा गरेका छन् भने बिशाल निरौलाले एरेन्ज गरेका छन् । “भूपू माया ३”मा भने गायिका अनु अधिकारीलाई अनुमोदन गरेका छन् ।

विभिन्न विधाका गीतमा समेत आफ्नो सुमधुर आवाज भरिसकेकी हरेक गित संगीतलाई न्याय दिएर गाउँन सक्ने गायिका अनुले छोटो समयमानै नेपाली संगीत क्षेत्रमा तहल्का पिट्ने पक्का रहेको छ  । दाङ घर भएकी अनु अधिकारि विभिन्न बाधा अड्चन पार गर्दै उनि अहिले गित संगीतमानै भबिष्य खोज्दै काठमाडौँलाइ कर्मथलो बनाउने सोचका साथ् अहिले संघर्षरत छिन। पछिल्लो समय गित रेकर्डिङमा निकै नै ब्यस्त बन्दै गएकी अनु हर प्रकारका गितहरु गाउन सक्ने क्षमता भएकी भर्सटाइल गायिका हुन भन्दा फरक पर्दैन ।

मिठो स्वरको धनि गायिका अनु अधिकारि नेपाली साङ्गीतिक नक्षत्रमा चम्किलो तारा बन्नेमा दुईमत छैन र चाडै नै “भूपू माया ३” बजारमा लिएर आउने तयारीमा जुटेकी अनु अधिकारि भविष्यमा गित संगीतमानै आफ्नो जिबन समर्पित गर्ने सोचमा छिन । त्यति मात्र होइन उनि आफ्नो कला सस्कृतिलाई आफ्नो नेपालि भाकालाई जोगाउन पनि त्यतिकै लागि परेकी छिन उिनि भन्छिन गित संगीत मेरो नशा नशामा छ र म नेपाली सुगम संगीतलाई थप उचाइमा पुर्याउन हरपल लागि पर्छु र सांगीतिक बजारमा छुट्टै पहिचान बनाएर स्थापित हुन्छु ।

“भूपू माया ३” गितको तिब्र तयारीमा जुटिरहेका गायक तथा सर्जक रोशन सिंहले बताएका छन् । आफ्नो पन, नेपाली मन, हाम्रो सस्कृति, हाम्रो भाका अनि नेपाली सुगम संगीतलाइ सधै संरक्षण गर्न लागि पर्ने गायक तथा सर्जक रोशन सिंहलाई हाम्रो तर्फ बाट पनि लाखौ लाख शुभकामना ।