गोबिन्द गौतमको अर्को नयाँ कोसेली ‘पैयु फुल्यो फुलेन उनियो’ बजारमा (भिडियो)

  • प्रकाशित मिति: बुधबार, फाल्गुन १२ २०७७
  • तामाकोशी

काठमान्डौ । रामेछापेली गायक गोविन्द गौतम र रचना रिमालको आवाजमा लोक दोहोरि गीत ‘पैयु फुल्यो फुलेन उनियो’ सार्बजनिक भएको छ ।

बिक्रमबाबु बिस्वकर्माको शब्द तथा यज्ञ बिकको लय रहेको उक्त गीतमा यज्ञ बिक, सुमन थापा, दिल बिक र पबिन्द्र सुनारको कोरस भोकल रहेको छ ।



डोलराज बर्घालेको एरेन्जमा गरेको ‘पैयु फुल्यो फुलेन उनियो’ गीतको भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका छन् । मिलन बिश्वकर्माले सम्पादन गरेको भिडियोमा रियाशा दाहाल, डीमोन छेत्री, बिना विश्वकर्मा र भिम घिसिङको अभिनय रहेको छ ।

गितको भिडियो गोबिन्द गौतमको युटुब च्यानलबाट सार्बजनिक भएको छ ।