तिर्थविरक्त र एलिनाको आवाजमा ‘तोरी बारी गैरी खेतैको’ चर्चाको शिखरमा (भिडियो)

  • प्रकाशित मिति: बुधबार, फाल्गुन १२ २०७७
  • तामाकोशी

काठमान्डौ । गायक तिर्थविरक्त पाख्रिन र गायिका एलिना चौहानको सुमधुर आवाजमा सजिएको गित ‘तोरी बारी गैरी खेतैको’ चर्चाको शिखर चुलिदै आएको छ ।

शिव हमाल र डम्बर विकको शव्द तथा डम्बर विकको थेगो रहेको उक्त गितले छोटो समयमानै संगितको बजारमा चर्चा बटुल्न सफल भएको हो ।



कमल सुनुवारद्धारा संगित भरेको उक्त गित युट्युव भिडियो भियर्स र टिकटकमा धेरै स्रोता दर्शकले रुचाएका छन् ।

अमर सुनारको निर्देशन रहेको उक्त गितको म्यूजिक भिडियोमा करिष्मा ढकाल, विजय पुन, कमल सुनुवार र विना विश्वकर्माको उत्कृष्ठ अभिनय देख्न सकिन्छ ।