सचिन र रबिना बसेलको अभिनयमा सुनिता बाग्दाश र रोम श्रेष्ठको स्वरमा बहुप्रतिक्षित गित’ओए साईली’सार्वजनिक(भिडियो)

  • प्रकाशित मिति: मंगलबार, माघ २० २०७७
  • तामाकोशी

काठमाडौं – नेपालि गित संगीतको बजारमा एक पछी अर्को गित बजारमा आईरहेका बेला नेपाली गित संगीतको बजार निकै नै आकाशिएको छ । नेपाली लोक दोहोरी क्षेत्रबाट सबैको मन मुटुमा बसेका चर्चित गायक अमृत सापकोटा कि जिबन संगिनी सुनिता बाग्दाश र रोम श्रेष्ठको स्वरमा‘ओए साईली’सार्वजनिक भएको छ । राजु केसीको शब्द सृजना रहेको गीतको संगीत तथा संगीत संयोजन कृष्ण केसी गरेका हुन् ।
पछिल्लो समय निकै नै बेस्त निर्देशक मौसम हिमालीको निर्देशन तथा कोरियोग्राफ रहेको गीतको म्युजिक भिडियो छायांकन महेश महराले गरेका हुन् भने म्युजिक भिडियो सम्पादन बिकाश ज्ञवालीले गरेका हुन् ।

म्युजिक भिडियोमा पछिल्लो समय निकै नै लोकप्रिय भएका बाल कलाकार सचिन परियारको पनि निकै नै ठुलो भूमिका रहेको छ । सचिन परियारको स्वरमा तथा अभिनयमा नेपालि सांगीतिक बजारमा एक पछी अर्को गित बजारमा निकै नै आईसकेका छन् भने निकै नै रुचाईएका छन् । कतिपय गित करोड क्लबको नजिक पुगिसकेका छन् ।



अद्भूत प्रतिभा भएका सचिन परियारसंगै बाल लोक दोहोरि लाईभ गायिका रबिना बस्याल,टिका सानु ,लोमश शर्मा,धुर्ब हिमाली र सरस्वति फुयालको अभिनय रहेको छ । रबिना बसेलका स्वरमा पनि नेपालि सांगीतिक क्षेत्रमा थुप्रै गित संगीत बजारमा आएका छन् ।

हेर्नुहोस भिडियो :