सर्जक प्रेम सागर पौडेलको सृजना‘म त्यसै रोएकी हैन’को चर्चा,दिपिका र प्रिन्सलाई ठुलो सफलता(भिडियो)

  • प्रकाशित मिति: शुक्रबार, माघ ९ २०७७
  • तामाकोशी

काठमाडौँ, । गायिका दिपिका बयम्बु मगर र प्रिन्स लम्सालको स्वरमा सार्वजनिक भएको गीत ‘म त्यसै रोएकी हैन’ले नयाँ रेकर्ड बनाएको छ । केहि दिन अगाडी सार्वजनिक गित यतिबेला नेपालि सांगीतिक बजारमा चर्चा बटुली रहेको छ । लाईभ दोहोरिबाट चर्चामा आएको यो जोडीको पहिलो गित हो । गायिका दिपिका मगर र प्रिन्स लम्सालको स्वरमा एक पछी अर्को गित बजारमा आईरहेका छन् ।

गीतले युट्युवमा ३ लाख भन्दा बढी भियुज पाएको छ भने युटुब ट्रेडिङ १३ मा आईसकेको छ । छोटो समयमा यो जोडीको पहिलो गितले निकै नै चर्चा कमाएको छ । दिदिभाईको कथा र समाजमा घट्ने गरेका तितामिठा कुरामा आधारित रहेर सृजना गरिएको गीतमा शब्द तथा शब्द सृजना भने नेपालि गीतसंगीतको दुनियाँमा आफ्नो छुट्टै पहिचान बनाई सकेका सर्जक प्रेम सागर पौडेलले सृजना गर्नु भएको हो ।



भिम थापाको निर्देशनमा तयार भएको म्युजिक भिडियो डीबी रौलेले छायांकन गरेका हुन् भने ईश्वर बाबुले सम्पादन गरेका छन् । म्युजिक भिडियोमा दिपिका प्रिन्स लम्साल लगायतको अभिनय रहेको छ ।