मिडियामा भाईरल प्रकाश चन्दको यथार्त कहानी,जताततै स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको संज्ञा(भिडियो)

  • प्रकाशित मिति: शुक्रबार, माघ २ २०७७
  • तामाकोशी

काठमाडौं- नेपालि गित संगीतको बजारमा एक पछी अर्को गित आईरहेको बेला जोशिफ शाही ठकुरीको शब्द संगीत तथा स्वरमा फ्युजन देउडा गित“पियारी” सार्वजनिक भएको छ । उदय राज पौडेलको संगीत संयोजन रहेको गीतको म्युजिक भिडियो छायांकन चक्र बरालले गरेका हुन् भने टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।

देबेन्द्र कुँवरले निर्देशन गरेको म्युजिक भिडियोमा पछिल्लो समय श्रीकृष्णका डुब्लिकेट प्रकाश चन्द र मेरी बास्सैकि कलाकार सरस्वति फुयालको मुख्या भूमिका रहेको छ । प्रकाश चन्द अभिनित म्युजिक भिडियो बजारमा आईसकेका छन् भने केहि आउने तयारीमा रहेका छन् । चन्दले यो म्युजिक भिडियोमा कारुणिक अभिनय गरेका छन् ।



अझै यस गीतको म्युजिक भिडियोमा मध्यपश्चिम र सुदूरपश्चिमको कारुणिक पिडा यो गीतमा झल्काईएको छ । गरिबी र बेरोजागारिका कारण विदेश अथवा बम्बाई जानु पर्ने जादाको पिडा यो म्युजिक भिडियोमा चित्रण गरिएको छ ।