नरेश खातीको शब्द सृजना समिक्षा,बिक्रम,विशाखाको स्वर पल,प्रिज्मा र प्रिन्शीको अभिनयमा‘तिम्रै मायाले’गित सार्वजनिक

  • प्रकाशित मिति: बिहिबार, पुष २ २०७७
  • तामाकोशी

काठमाडौं-नेपालि गीतसंगीतमा छुटै पहिचान बनाईसकेका नरेश खातीको शब्द सृजना रहेको गीतमा समिक्षा अधिकारी,बिक्रम राना र बिशाखा शाहीको आवाजमा एउटा फरक किसिमको नयाँ लोकदोहोरी गित ‘तिम्रै मायाले’ बोलको म्युजिक भिडियो बजारमा आएको छ । श्यामस्वायत रसाईलीको संगीत संयोजन रहेको गीतको परिकल्पना भने शिशिर खातीले गरेका छन् ।

शिशिर खातीको उत्कृष्ट निर्देशन रहेको म्युजिक भिडियोमा संकल भुजेलको छायांकन तथा अर्जुन जि सि को सम्पादन रहेको छ। म्युजिक नायक पल शाह र जुम्लिया दिदि बहिनी प्रिज्मा खतिवडा र प्रिन्शी खतिवडाको दमदार अभिनय देख्न सकिन्छ। उक्त भिडियो मेक्सम नरेश युटुब च्यानल मार्फत बजारमा ल्याइएको छ ।
भिडियो :