काठमाडौं । सांगीतिक बजारमा एक पछी अर्को गित बजारमा आउने लर्को लागेको बेला आहा टिभीको युटुब च्यानलबाट सर्जक दिपक यात्री आचार्यको शब्द सृजना तथा संगीतमा गायिका दिपक यात्री आचार्य,प्रतिमा अर्याल र अस्मिता कार्कीको स्वरमा ‘जोडौ घरबार’ सार्वजनिक भएको छ भने गीतमा बिष्णु तामाङको संगीत संयोजन रहेको छ ।
प्रकाश धितालले निर्देशन गरेको म्युजिक भिडियो मुकेश हुमागाईले छायांकन गरेका छन् भने बिनोद बमले म्युजिक भिडियो सम्पादन गरेका छन् । म्युजिक भिडियोमा पछिल्लो समय एक पछी अर्को म्युजिक भिडियोमा उत्कृष्ट अभिनय गर्दै आएका लोकप्रिय मोडल लोमश शर्मा,अनु पराजुली र समुन्द्र कठायतको अभिनय रहेको छ भने शाखिरा कठायत र रुपम चौलागाई सहितका बालकलाकारको अभिनय रहेको छ ।