शान्ति श्री परियार र बलराम बिश्वकर्माको स्वरमा कारुणिक गित”आमा”सार्वजनिक

  • प्रकाशित मिति: बिहिबार, कार्तिक ६ २०७७
  • तामाकोशी

काठमाडौं । गायक बलराम विश्वकर्मा र शान्ति श्री परियारको स्वर रहेको गीत ‘आमा’S3k Entertainment को अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ । गीतमा बलरामकै शब्द र संगीत छ भने श्यामस्वेत रसाइलीको एरेन्ज र मिक्सिङ छ ।

भिडियोमा वैदेशिक रोजगारीमा गएका एक युवाले मृत्युदण्डको सजाय पाएपछि परिवारलाई सम्झिएको कथा देखाइएको छ । भिडियोमा जिबी चिरन(चिरञ्जीवी सापकोटा), रश्मी भट्ट, समिक्षा पोखरेल, नेरिस्का स्थापितको प्रमुख भूमिकामा अभिनय छ ।



भिडियोमा चक्र साउद आरसी, मोहन मल्ल(रुकुमेली), समुन्द्र पौडेल, समिर विष्ट, मिलन मल्ल, अमित स्थापितलाई पनि देख्न सकिन्छ । भिडियोमा राजेश घिमिरेको छायांकन, अमृत चापागाईंको सम्पादन र सिर्जन बरालको निर्देशन छ । भिडियोका निर्माता मोहन मल्ल(रुकुमेली) हुन् ।