सुशान्त सिंह राजपुतको आत्मह’त्याको विषयमा कडा रुपमा प्रस्तुत हुँदै आएकी बलिउड अभिनेत्री कंगना रणावतले बलिउडमा व्याप्त नातावा’द र क्रिपावा’दको विरो’ध गर्दै आएकी छिन्। सुशान्तको आत्मह’त्याको विषयमा भएका पछिल्ला अनुसन्धानमा बलिउड भित्र लागुप’दार्थ धन्दा व्याप्त भएको देखिएपछि कंगनाले यस विषयमा पनि चर्को स्वरमा आवाज उठाइरहेकी छिन्।
सुशान्तकी प्रेमिका रिया चक्रवर्’तीले सुशान्तको लागि लागुप’दार्थ ओसार पसार गरेको देखिएको रियाको च्याटबाट खुलेको भारतको लागुपदा’र्थवि’रुद्धको संस्था एनसीबीले बताएको छ। रियासहित हाल थुप्रैसँग बलिउडमा लागुऔष’धको विषयमा अनुसन्धान भइरहेको छ। सो क्रममा चर्चित नायिकाहरु दीपिका पादुकोण, सारा खान र श्रद्धा कपुरपनि यस विषयमा मुछिएका छन्। सुशान्तको मृ’त्यु भएपछि दीपिका पादुकोणले आफूपनि कुनै समय डिप्रे’सनमा रहेको र डिप्रे’सनले सुशान्तको मृ’त्यु भएको र यस्तो कसैलाई नहोस् भन्ने आशयको भनाइ सार्वजनिक गरेकी थिइन्। बलिउडमा व्याप्त नाता’वात र क्रिपावा’दका कारण सुशान्तले काम नपाएपछि उनी डिप्रे’सनमा गएको सुरुवातदेखि कंगनाले बताउँदै आएकी छिन्।
तर हालैमात्र टाइम्स नाउले दीपिका पादुकोण र उनका म्यानेजरबीच भएको लागुपदार्थसँग सम्बन्धित कुराकानी सार्वजनिक गर्यो। जसका कारण दीपिका पनि हाल अनुसन्धानको घे’रामा छिन्। यस विषयमा कंगनाले दीपिकालाई लक्षित गर्दै ट्वीटमा भनेकी छिन्,‘डिप्रेसन ड्र’ग्स दुरु’पयोगको परिणाम हो। तथाकथित उच्च समाजका धनी स्टार बच्चाहरु जो आफूलाई उत्तम ठान्छन्, उनीहरु आफ्ना म्यानेजरसँग सोध्छन्,‘मा’ल ‘ड्र’ग्स’ हे क्या?’
एजेन्सी
दीपिका लक्षित कंगनाको अभिव्य’क्तिः म्यानेजरसँग ‘मा’ल हे क्या’
- प्रकाशित मिति: शनिबार, असोज १० २०७७
- तामाकोशी