काठमाडौं-दशैँ तथा तिहारको शुभकामना सहित यथार्तप्रक कारुणिक गित चर्चित बासुरीबादक रत्न बिकको दशैं बिशेष नयाँ गीत “मुग्लान पारी” सार्वजनिक भएको छ । यस गीतमा रत्न बिकको स्वर रहेको छ भने हुम गैरेको शब्द, कमला बिसीको संगीत रहेको छ । यस गीतमा हुम गैरेको निर्देशन तथा सम्पादन रहेको छ ।
करण चैशिरको छायांकन, मनोज कार्कीको रंग संयोजन रहेको छ । उक्त गीतको भिडियोमा रश्मी भट्ट, अञ्जली अधिकारी, रत्न बिक, टिका सानु, बसन्त बर्मा,खगेन्द्र बिश्वकर्मा, भुवन चौलागाई लगायत अन्यको अभिनय रहेको छ । म्युजिक भिडियोमा नितान्त गरिबी हुनुको पिडा चित्रण गरिएको छ ।