काठमाडौं । पछिल्लो समय नेपालि गीतसंगीतमा बिभिन्न धारका गीत बजारमा आएका बेला फेरी अर्को गित बजारमा सार्वजनिक भएको छ । माया पिरती देखि सामाजमा घटेका यथार्थपार्क गित बजारमा आउने लर्को लागेको छ । दशैँ तथा तिहारको शुभकामना सहित मालती डिजिटल प्रस्तुतिमा रामु खडका,नेत्र भण्डारी,सुमन परियार र लिला कार्कीको स्वरमा बिनोद भण्डारीको संगीत तथा रामु खडका,नेत्र भण्डारी,बिनोद बाजुरेली र सुमन परियारको सयुक्त शब्दमा “दुर्भाग्य”सार्वजनिक भएको छ ।
म्युजिक भिडियोमा गरिबी हुनुको पिडा त्यस माथि प्रकृति प्रकोपले पनि झन् थिचेको छ मानिसलाई प्रकृति र प्रकोपले कसैलाई विभेद गर्दैन । यसले फाइदा र बेफाइदा सबैलाई गर्छ। बाढी, पहिरो, खोलानाला, भूकम्प, आगलागीलगायत धेरैखाले प्रकोपले गरिब, दुःखी र कमजोरमनलाई म्युजिक भिडियो उतारिएको छ ।
बिनोद बाजुरेलिको संगीत संयोजनमा तपार भएको गीतको अडियो मिक्सिङ खड्क बाजुरेलिले गरेका छन् । करण चौसियारले छायांकन गरेको म्युजिक भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका हुन् भने निर्देशन संगीत संयोजक बिनोद बाजुरेलिले फरकशैलिमा निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा महेन्द्र गौतम,सन्चिता शाही,सुमन परियार,प्रविन भट्ट,रमेश सुबेदी,कुशल र उत्तम रानाको अभिनय रहेको छ । मोडल सन्चिता शाही र महेन्द्र गौतमको निकै नै मार्मिक अभिनय रहेको छ ।