शिब बिकको निर्देशनमा खुमन र मेलिनाको स्वर शिल्पा र रोशन अभिनय “कोईला खानाले”सार्वजनिक

  • प्रकाशित मिति: बिहिबार, भाद्र ११ २०७७
  • तामाकोशी

काठमाडौं । दशैँ तथा तिहारको शुभकामना सहित गित बजारमा आउने क्रममा खुमन अधिकारि र मेलिना राईको स्वरमा लोकदोहोरी गित “कोईला खानाले”सार्वजनिक भएको छ । रोशन क्षेत्रिको शब्द तथा खुमन अधिकारीको संगीतमा रहेको गीतको संगीत संयोजन केशब बडुले गरेका हुन् । गीतमा माया पिरतीको भावलाई चित्रण गरिएको छ ।

शिब बिकको निर्देशन रहेको गीतको म्युजिक भिडियो नबराज उप्रेतीले छायाकन गरेका हुन् भने बिकाश ज्ञवलीले सम्पादन गरेका छन् । म्युजिक भिडियोमा चर्चित मोडल तथा नायिका शिल्पा पोखरेल र रोशन तिमिल्सिनाको अभिनय रहेको छ । Him Samjhauta Digital को अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ । हेर्नुहोस भिडियो :