विष्णु माझि र ऋषि खडकाको स्वरमा रहेको”मैना रानी”सार्वजनिक भएको २४ घण्टा नपुग्दै चर्चा

  • प्रकाशित मिति: बुधबार, भाद्र १० २०७७
  • तामाकोशी

काठमाडौं । दशैँ र तिहारको शुभकामना सहित लोकप्रिय लोकदोहोरि गायिका बिष्णु माझि र ऋषि खड्काको स्वरमा”मैना राजा मैना रानि”गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । बिनोद बाजुरेलिको संगीत संयोजनमा रहेको गीतको संगीत गायक स्वयम ऋषि खडकाले गरेका हुन् भने यस गीतमा रुपा रश्मि सापकोटाको शब्द रहेको छ ।

बिष्णु माझि र ऋषि खडकाका हरेक गित उत्तिकै चर्चित रहेका छन् । यस भन्दा पहिले बजारमा आएका गित पनि उत्तिकै कालजयी र लोकप्रिय रहेका छन् । दिपक गिरि र टिमले छायाँकन गरेको म्युजिक भिडियोको सम्पादन अमृत चापागाइले गरेका हुन भने VFx चाहि सत्यम रानाले गरेका हुन ।



राजपरिवारको प्रेममा अाधारित कथामा निर्माण गरिएको उक्त गितको भिडियो सृजन बरालले निर्देशन गरेका हुन् भने म्युजिक भिडियोमा साया भण्डारि र रमेश हमाल ठकुरिको उत्कृष्ट अभिनय रहेको छ । ।
हेर्नुहोस भिडियो :