काठमाडौं : नेपालका ख्यातिप्राप्त १६ जना कलाकारको स्वर रहेको आमाबुवाको मायाले ओतप्रोत गीत ‘मेरा बाबा’ सार्वजनिक गरिएको छ । गीतमा ख्यातिप्राप्त गायक गायिकाहरु पशुपति शर्मा,पुरुश्तोम न्यौपाने,खुमन अधिकारि,ईश्वर सिंह,तारानाथ आचार्य,शम्भु कुवर,मौशम गुरुङ,किसन नेपालि,डि.आर.सुजन,रञ्जन कार्की,टेक नारायण चापागाई,नारायण भट्टाराई लगायतको स्वर रहेको छ ।
डि.आर.सुजनको निर्देशन तथा शब्द संगीतमा तयार पारेको म्युजिक भिडियो निर्देशक डि.आर.सुजन परिकल्पना तथा निर्देशनमा तयार’मेरा बाबा’ गीतको भिडियोमा लेखान्त भुसाल,डि.आर.सुजन,दिवाकर भण्डारी,साया भण्डारी,सुरवीर पण्डित,रमा थपलिया,कृष्ण मगल श्रेष्ठ, मणि कुमार राई लगायतका कलाकारले अभिनय गरेका छन् ।
रेशम दर्लामीले छायाकन गरेको म्युजिक भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका छन् भने जितु तामाङले ड्रोन क्यामेरा खिचेका छन् । यो गीतको म्युजिक भिडियो डि,आर सुजनको आफ्नै अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।
हेर्नुहोस म्युजिक भिडियो :