बिक्रम चौहानको निर्देशन सबिन श्रेष्ठ,मिस्टर आर.जे. र ज्योतिको अभिनय”नैना”को चर्चा

  • प्रकाशित मिति: बिहिबार, साउन २२ २०७७
  • तामाकोशी

काठमाडौँ – भर्खरै सार्वजनिक भएको गित नैनामा नायक सबिन श्रेष्ठ र मिस्टर आर.जे. नैनाको खोजिमा छन। धेरै समय पछि म्युजिक भिडियोमा अभिनय गरेका नायक सबिन श्रेष्ठलाई चर्चित निर्देसक बिक्रम चौहानले कमब्याक गराएका हुन। बलु बिसिको स्वर रहेको यो गितमा मिस्टर आर.जे.को र्याप , टुरिस्ट जङ बि.क.को शब्द सङित र केशब बडुको एरेन्ज रहेको छ।

यश गितको भिडियोमा चर्चित एक्सन नायक सबिन श्रेष्ठ संगै चर्चित र्यापर राजेन्द्र भट्ट( मिस्टर आर.जे.)र ज्योति शाह को अभिनय देख्न सकिन्छ। भिडियोमा बिक्रम चौहानको निर्देसन र कोरियोग्राफी, अर्जुन तिवारिको छायांकन , मिलन बि.क. को सम्पादन रहेको छ भने यश गितलाई एस.थ्री.के. इन्टरटेन्मेन्ट बजारमा व्यवस्थापन गरेको गित एस.थ्री.के म्युजिकको युटुब च्यानलबाट सार्वजनिक भएको छ ।