हरितालिका तिजको शुभकामना सहित ! समृद्धिको गितमा यसरि बगिन जुनु रिजाल

  • प्रकाशित मिति: आइतबार, साउन ४ २०७७
  • तामाकोशी

आउदै गरेको हरितालिका तिजको शुभकामना सहित  देश समृद्धिको चरणमा प्रबेश गरेको बेला आज देशमा जताततै समृद्धिको बहस भएको बेला कालिकोट जिल्लाको रास्कोट नगर पालिकालई केन्द्र बनाएर रास्कोटको समृद्धि बोलको गित सार्वजनिक भएको छ ।
सभ्यता, संस्कृति र परम्परा हाम्रा सम्पत्ति हुन् ।

पछिल्लो समय यस्तै संकटमा परेको छ, देउडा संस्कृति । नेपालको मौलिक भाका मध्य र सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा मात्रै गाउने खेलिने देउडा पछिल्लो समयमा आएर लोप हुने अवस्थामा छ । समयको परिवर्तनसँगै बजारको मागअनुसारका रिमिक्स, आधुनिक, लोक गीतसंगीतहरुले छुट्टै पहिचान बोकेपछि मध्य तथा सुदूरपश्चिमकै देउडा संस्कृति पछिल्लो समयमा संकटमा परेको छ । भखरै मात्र बजारमा आएको लोक देउडा गित रास्कोटको समृद्धि गीतमा कालिकोट रास्कोटको बिगत बर्तमान र भबिष्यको समृद्धिको आधार चित्रण गरिएको छ ।



जसमा लय शब्द तथा धर्मराज न्यौपानेले गर्नु भएको छ भने स्वयम आफै र चर्चित गायिका जुनु रिजाल स्वर रहेको छ भने स्मृति शाही,पुष्पा बोहोरा,स्वर्णिम शाही र मुकेश गुप्ताले कोरस स्वर दिएका छन् । रास्कोट नगरपालिकोको रमणीय ठाउँमा छायाकन गरिएको यो म्युजिक भिडियो खग्रेन्द्र न्यौपानेले छायाकन गरेका र जिबन सेन्चुरीले सम्पादन गरेका हुन् भने भूपेन्द्र बम,निसा उपाध्या र मनिषा हमालको अभिनय रहेको छ । रारा कर्णाली म्युजिकको सहकार्यमा निर्माण भएको म्युजिक भिडियो कालिकोटका कालो युटुब च्यानलबाट सार्वजनिक भएको छ ।
हेर्नुहोस यो म्युजिक भिडियो :